Rule 87
अनुशासन र आज्ञापालन
: (१) सशस्त्र प्रहरी कर्मचारीले अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारी र तत्परताका साथ पालना गर्नु पर्नेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीले आफ्नो काम सम्बन्धी कुरामा आफूभन्दा माथिको अधिकृतले दिएको आदेशलाई तदारुकताका साथ पालना गर्नु पर्नेछ ।
(३) सशस्त्र प्रहरी कर्मचारीले आफूभन्दा माथिका सबै सशस्त्र प्रहरी कर्मचारीहरुप्रति उचित आदर देखाउनु पर्नेछ ।